प्रचण्डको स्पष्टिकरण : गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य हो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् ।

सत्ता गठबन्धन दलले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् ।

उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए ।

देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए । आफ्नो मन्तव्यलाई छोट्ट्याउँदै दाहालले अझै तीनवटा कार्यक्रममा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

  • २५ बैशाख २०७९, आईतवार १४:४५ प्रकाशित