चुनाव जितेपछि मादीमा बाँदर धपाउने अभियान चलाउँछौं : उम्मेदवार गुरुङ

केन्द्रभाग मिडिया

मादी ।

गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताएका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले कृषकलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाउने बताएका छन् ।

‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिने, हामीले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भने ।

चुनाव जितेपछि कृषि, पर्यटन र उद्यमशिलतालाई मादी निर्माणको आधार बनाउने बनाउने उनले सुनाए । कृषि, पर्यटन र उद्यमशिलतालाई जोड दिँदै कृषकलाई साँच्चिकै नजिकको सिंहदरबारको अनूभुति गराउने उनले बताए ।

मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लाल बहादुर गुरुङलले विकास विरोधी, कानुन, संविधान नमान्नेलाई वैशाख ३० गते नांगेझार पार्ने बताएका छन् । अधिनायकवादी शैली र भ्रष्ट मानसिकता लाई बैशाख ३० गते मादीबासीले सधैका पन्छाउने उनले बताए ।

मादी ८ मा घर दैलो एबम कोण सभामा कार्यक्रम अध्यक्षता नेपाली कांग्रेस मादी ८ का सभापति राजेन्द्र अधिकारीले गरेका थिए । कोण सभामा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य सोमती गुरुङ, वडाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीवंग गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सचिब सरोज केसी, मादी सभापति याम बहादुर गुरुङ, किरण सापकोटा, बेल बहादुर बिक, चेत बहादुर गुरुङ, ओम प्रकाश गुरुङ, आश तामाङ लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा एमालेका साधारण सदस्य बोधबहादुर तामाङले एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन् । उनलाई गाउँपालिका प्रमुख पदका उम्मेद्वार देवीजंग गुरुङले पार्टी प्रवेश गराएका थिए ।

शनिबार नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले मादी १० मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • २३ बैशाख २०७९, शुक्रबार १८:३९ प्रकाशित