महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने समय आएको छ : प्रचण्ड

केन्द्रभाग मिडिया

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरुष धेरै सत्तामा गए पनि काम गर्न नसकेको बताएका छन् । पाँच दलीय गठबन्धनको आमसभालाई शुक्रबार सम्बोधन गर्दै महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताएका छन् ।

ऐतिहासिक परिवारसँग सम्बन्धित सदस्यलाई अघि सारेको भन्दै दाहालले भने, ‘यो राजधानीका लागि अवसर पनि हो ।’ उनले देशको राजधानी विदेशहरुको चियाउने आँखीझ्याल भएको भन्दै त्यसलाई सुन्दर बनाउनु पर्ने बताए ।

‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ,’ दाहालले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

  • २३ बैशाख २०७९, शुक्रबार १८:२० प्रकाशित