कांग्रेस गण्डकीको संकल्प : प्रतिवर्ष ३० लाख पर्यटक, गरिबी शून्यमा झार्ने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र सार्वजनिक गरेको छ । शन्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशबासीको हित भन्ने नार दिइएको संकल्प प्रस्तावमा ५ वर्षमा ३० प्रतिवद्धता पुरा गर्ने संकल्प गरिएको छ ।

कांग्रेस गण्डकीले प्रदेशलाई पूर्ण साक्षरा बनाउने, सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक पालिकामा कम्तीमा २५ शैयाको एउटा अस्पताल बनाउने जिल्ला अस्पताललाई आवश्यकता अनुसार एक सय शैयासम्मको बनाउने संकल्प गरिएको छ ।

त्यस्तै बार्षिक ५० हजारलाई रोजगार सिर्जना गर्ने, प्रतिव्यक्ती आए एक हाजार एक सय ९२ बाट ३ हजार डलर पुर्याउने, प्रदेशको अन्तराष्ट्रिय व्यापारलाई दोब्बर बनाउने, निजी लगानीलाई प्रवद्धन गर्ने, विपन्न परिवारलाई परिचयपत्र उपलब्ध गराउने र सुलभ आवास, निशुल्क पानी, बजुली, शिक्षा, स्वास्थ्य उपलब्ध गराउने कांग्रेले संकल्प रहेको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए ।
हलको ५ सय ६९ मेगावाट बिजुलीलाई बढाएर ४ हजार मेगावाट बिजुली उत्पादन गर्ने, मुख्य फाटमा बार्है महिना सिंचाइको सुविधा पुर्याउने र कृषिमा प्रदेशलाई आत्म निर्भर बनाउने संकल्प गरिएको छ ।

कांग्रेसले जितेका पालिकाहरुमा प्रदेशको संकल्प कार्यान्वयन गरिने कांग्रेसले जनाएको छ । यस्तै संकल्प प्रस्तावमा १० वर्षमा १० प्रतिवद्धता पनि समावेस गरिएको छ ।

आर्थिक र मानव विकास सूचकाङ्क पहिलो प्रदेश बनाउने, बेरोजागारी २ प्रतिशतमा झार्ने, निरपेक्ष गरिबी ११.५ प्रतिशतबाट शून्यमा झार्ने, प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने, कोरला त्रिवेणी र लार्के नाकालाई अन्तराष्ट्रिय स्तरको बनाई व्यापार प्रवद्धन गर्ने, पोखरालाई मुलुकको पर्यटकिय राजधानी घोषण गराई अन्तराष्ट्रिय पर्यटकिय गन्त्यव्यका रुपमा विकास गर्ने संकल्प पत्रमा उल्लेख छ ।

यस्तै लुम्बिनी, मुक्तीनाथ हुदै कैलाश पर्वत जोड्ने छोटो दुरीको सुविधायुक्त सडक बनाउने, प्रतिवर्ष ३० लाख पर्यटक गण्डकीमा भित्राउने, पोखरालाई शिक्षा, स्वास्थ्य र साहसिक खेलको हवको रुपमा विकास गर्ने र विधुत उत्पादन ७ हजार मेगावट पुयाएइने संकल्प गरिएको छ ।

कांंग्रेस गण्डकीले महामन्त्री बिष्णुप्रसाद लामिछानेको संयोजकत्वमा संकल्प प्रस्ताव तयार समिति बनाएको थियो ।

  • २३ बैशाख २०७९, शुक्रबार १७:२९ प्रकाशित