पहिलो एकदिवसीयमा नेपाल जिम्बावे ‘ए’ सँग हार्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिम्बोवे ए सँगको पहिलो एक दिवसीयमा नेपाल पराजित भएको छ । जिम्बावे ए सँग घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे ।

अर्का ओपनर सेफास जुवायो ३२ रन बनाए । राए काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र दुई छक्का मद्दतमा अविजित १७ रन बनाए ।
ब्राडले २६औं ओभरमा सुशन भारीलाई दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

  • २३ बैशाख २०७९, शुक्रबार १५:०५ प्रकाशित