विपन्न परिवारको नाममा निर्वाचनको मुखमा पैसा बाड्दै पोखरा महनगर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले चुनावको मुखमा करिब १४ सय विपन्न परिवारलाई नगद सहयोग गर्नेगरी सूचना निकालेको छ । यसअधि नै फाराम भरेर संकलन गरिएको १ हजार ३४६ जनाको नाममा अहिले दावी विरोधका लागि वडामा पठाइएको महानगरले जनाएको छ ।

चुनावअधि मत प्रभावित हुने गरी कुनै कार्यक्रम गर्न नहुने चुनावी आचारसंहितामा भए पनि महानगरले त्यसको समेत ख्यान नगरी सूचना निकालेको हो ।

त्यतीमात्रै होइन, विपन्न छात्राबृतिको सूचनासमेत अहिले निकालीएको छ ।दाबी विरोधका लागि सूचना निकालिएको र लाभग्रहीले वडामा खोलेको खातामै पैसा जम्मा गरिदिन लागिएको हो ।

महानगरले बैशाख ९ गते कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्नन परिवारका लागि रकम हस्तान्तरण गर्ने दाभग्राहीको दाबी विरोधसम्बन्धी सूचना निकालेको थियो ।

यसकै आधारमा अहिले वडा–वडामा नगद पाउने नागरिकहरुले बैंक खाता खोल्न थालेका छन् । एनआइसी एसिया बैंकका शाखाले वडामा पुगेर खाता खोलिदिएका छन् ।

सूचना अनुसार एक परिवारले १० हजारका दरले नगद पाउने छन् ।  महानगरको यो निर्णयले मत प्रभावित हुनसक्ने भन्दै विरोध भएको छ ।

नेपाली कांग्रेसले यस वारे निर्वाचन आयोगमा उजुरी गरेको छ ।

संघ सरकारले स्थानीय तह मार्फत उक्त रकम दिने भए पनि अहिले समय उपयुक्त नभएको कांग्रेले जनाएको छ । संघ सरकारले स्थानीय तह मार्फत उक्त रकम दिने भए पनि अहिले समय उपयुक्त नभएको कांग्रेले जनाएको छ । पोखराबाट ३ हजार ७२४ परिवाको छनोट भए पनि एक हजार ३४६ जनाले मात्रै आवेदन दिएका छन् ।

 

  • २३ बैशाख २०७९, शुक्रबार १३:२५ प्रकाशित