गठबन्धनको चुनावी सभा आज काठमाडौंमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचनको दिन नजिकिएसँगै सत्ता गठबन्धनले चुनावी सभा तिव्र बनाएको छ ।

हिजो भरतपुरमा चुनावी सभा सम्पन्न गरेको सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा गर्दैछ । गठबन्धनको चुनावी सभा आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट काँग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि काँग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

काँग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । काँग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

  • २३ बैशाख २०७९, शुक्रबार ०९:३१ प्रकाशित