सुर्खेत ।
रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
चुनावी प्रचारको क्रममा दुई पार्टीका कार्यकताबीच झडप भएको हो ।झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ ।
कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाईसीएलले चौकी समेत सामान्य तोडफोड गरेको जनाइएको छ। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।