एआईजी विश्वराजको रिटमा कारण देखाउ आदेश जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
आईजीपी नियुक्तीमा असन्तुष्टि जनाउँदै रिट दायर गरेका विश्वराज पोखरेलको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।

अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।

  • २२ बैशाख २०७९, बिहीबार १६:३७ प्रकाशित