गठबन्धनका उम्मेदवारको प्रतिवद्धता : पोखरा–२८ लाई पछि पर्न दिन्नौै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।

लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे । गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न नपर्ने समस्या हल गर्ने बताए । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना राम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार छ ।

पोखरा महानगरका उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् ।पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् ।

कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको मूल्यांकन गर्दै वैशाख ३० मा भोट गर्न आग्रह गरिन् । महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाइन् ।

नेपाली कांग्रस कास्कीका सभापती किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले पाँच वर्षमा राजनीति नाराको पछि लाग्दा कालिकाका स्थानीयले पाउनुपर्ने विकास नपाएको उनको भनाई थियो । उनले पार्टी भन्दा माथी उठेर असल र कुशल नेतृत्वलाई चुन्न आग्रह गरे । देशको लोकतन्त्र खतरामा पर्दा पाँच दल मिलेर लोकतन्त्रको रक्षाका लागि अघि बढेको उनले बताए ।

नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र अग्रगामीको अन्त्य गर्न गठबन्धन गरेको बताए । घरदैलौ कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् । विविध कारण देखाउँदै आफ्नै वडाको विकास नहेरेका कारण पनि यसपटक गठबन्धनले नतृत्व लिनुपर्ने भन्दै स्थानियलाई धनराज र कोपिलालाई मत दिएर बिजयी गराउन आग्रह गरिन् ।

पोखरा २८ बाट अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले महानगरकै वडा भएपनि राज्यबाट पाउने अधिकार नपाएको बताए ।
‘महानगर त प्राप्त ग¥यौ तर महानगरको परिचयको अनुभूति हुन सकेन,’ उनले भने, ‘मादीमा गाभिन लाग्दा समेत हामी महानगरमा गयौं । पाँच वर्ष वितिसक्दा समेत हामिले महानगरवासी भन्ने गर्व गर्नै पाएनौं ।’ पोखरा २८ लाई सच्चिकै महानगरकै वडा बनाउनका लागि पनि आफूहरुको नेतृत्व आवश्यक रहेकाले वडाका मतदाताहरुलाई मतदान गरी जिताउने उनले आग्रह गरे ।

गठबन्धनवाट पोखरा २८ मा वडाअध्यक्ष श्रीकृष्ण लामिछाने र वडासदस्यहरु इन्द्रकला विक, कमला थापा, डाल्डादेवि भुजेल र नारायण बजगाई उम्मेदवार छन् ।

  • २२ बैशाख २०७९, बिहीबार १६:२८ प्रकाशित