भरतपुरको विकास कास्टिङ मात्र हो, अब पुरा फिल्म देखाउँछौ : रेनु दाहाल

केन्द्रभाग मिडिया

भरतपुर ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ रेनु दाहालले अबको ५ वर्षमा भरतपुरमा भरपुर विकास गर्ने दाबी गरेकी छिन् ।

विगत ५ वर्षमा पनि शिर झुकाउन नपर्ने गरी काम गरेको बताउँदै अब झन ठुला र गौरवका परियोजनाहरुको विकास वृद्धिमा ध्या लगाउने बताएकी हुन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ५ वर्षमा सुरूआत गरिएका गौरवका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि आफू पुनः चुनावी मैदानमा आएको बताइन् ।

‘शिर झुकाउन पर्दै, विपक्षीको आँखामा आँखा जुधाएर भन्न सक्छौं, ५ वर्षमा भरतपुर महानगरपालिकामा हामीले राम्रो काम गरेका छौं । भरतपुरको विकास कास्टिङमात्रै हो, अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउछौं’, दाहालले भनिन् ।

विगतमा प्रतिबद्धता गरेको भन्दा धेरै काम भरतपुरमा गरेको भन्दै रेनुले भरतपुरलाई देशकै समृद्ध र व्यवस्थित सहर बनाउन गठबन्धनले जित्नुपर्ने बताइन् ।

आफ्नो मन्तव्यका दौरान आफ्नो कार्यकाल कामहरूको फेहरिस्त सुनाएकी दाहालले पहिलो कार्यकालमा भएका कमजोरी सच्याउन आफू प्रतिबद्ध रहेको बताइन् ।

१२ बुँदे सम्झौता , शान्ति प्रक्रिया र संविधानका पक्षधर शक्तिबीच जारी गठबन्धनलाई निरन्तर राख्नुपर्ने र एमालेको प्रतिगामी राजनीतिलाई परास्त गर्नुपर्ने दाहालको भनाइ थियो ।

  • २२ बैशाख २०७९, बिहीबार १५:१८ प्रकाशित