प्रचण्डलाई जीतनारायणले भने : ‘रेनुलाई जिताउँछौं, हिजोको जस्तो ढाट्ने र धोका दिने काम नहोस्’

केन्द्रभाग मिडिया

चितवन ।

नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले गठबन्धनबाट बनेका साझा उम्मेदवार जिताउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।

गठबन्धनलाई जिताउन आफुहरु तयार भएपनि जितिसकेपछि कांग्रेसलाई धोका नदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् ।

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

  • २२ बैशाख २०७९, बिहीबार १४:५३ प्रकाशित