एआईजी खरेलले भने,‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिनियरलाई पाखा लगाई आईजीपी नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले आफुलाई मरेतुल्य बनाएको बताएका छन् ।

आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै रिट दायर गरेको एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको बताउँदै जुनियरलाई बढुवा गर्नु आफुलाई मरेतुल्य बनाएको बताएका हुन्।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताएका छन् ।

‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो, श्रीमान’, इजलासमा उनले भने, ‘म डेढ वर्ष सिनियर एआईजी हुँ । सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेकोचाहिँ मृत्युभन्दा दुःखद हो ।’ उनले सरकारको यो निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको समेत जिकिर गरे ।

  • २२ बैशाख २०७९, बिहीबार १४:३४ प्रकाशित