आईजीपी नियुक्ति विरुद्धको रिटमा बहस सकियो : कसको पक्षमा आउँला आदेश ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि बहस सकिएको छ ।

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्ध पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस केही बेर अघि सकिएको हो । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा भएको थियो।

बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

  • २२ बैशाख २०७९, बिहीबार १४:१४ प्रकाशित