रामचन्द्रलाई जगन्नाथको जवाफ : ‘सक्नुहुन्छ भने रेणुलाई फिर्ता गराउनुस, मेरो फिर्ताको कुरा नर्गनुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवनमा वागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवन पुगेका छन् ।

रामचन्द्रले कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् ।छलफलमा नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गरेर उम्मेदवारी फिर्ता लिइ आग्रह गरेका थिए ।

रामचन्द्रको आग्रहमा चितवनका कांग्रेस नेताहरु आक्रोशित बनेका छन् ।रामचन्द्रलाई जवाफ दिदैँ जगन्नाथले भनेका छन्,‘सक्नुहुन्छ भने रेणुलाई फिर्ता गराउनुस् । उमेदवारी फिर्ता लिने बैठकमा बस्दैनौँ । तपाईंले बोलाउनुभयो, तपाईंको अपमान नहोस् भनेरमात्रै आएका हौँ ।उमेदवारी फिर्ता गराउने कुरै नगर्नुस् ’

  • २२ बैशाख २०७९, बिहीबार १०:२६ प्रकाशित