वडाध्यक्ष उम्मेदवारको परिवारमाथि खुकुरी र चक्कु प्रहार : बुबा घाईते

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको परिवारमाथि आक्रमण भएको छ । उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको छ । यसअघि देशका धेरै स्थानमा नेता कार्यकर्ताबीच झडप तथा कुटाकुट र खुकुरी प्रहार भएको छ ।

  • २२ बैशाख २०७९, बिहीबार १०:०८ प्रकाशित