बाग्लुङ ।
खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ ।
बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ ।
यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो । थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताए ।