राप्रपा उम्मेदवारको नारा : भ्रष्टचारलाई जोत्न हलोमा मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट पोखरा महानगरको मेयर र उपमेयरका उम्मेदवार चुनाव प्रचार अभियानलाई तिव्रता दिएका छन् । बैकल्पिक राजनीतिक शक्तीको रुपमा आफुलाई उभ्याउने प्रयत्नमा रहेका राप्रपाका उम्मेदवारले भ्रष्टचार मुक्त महानगरको नारालाई जोड दिएका छन् ।

मेयरका उम्मेदवार शंकर खराल र उपमेयर रंजना सेन पौडेल (रन्जु) नगरवासीको भावना बुझने राप्रपाका उम्मेदवारलाई महानगरको नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

बुधबार उम्मेदवार सहित राप्रपाले घरदैलो गर्दा मतदाताले परिवर्तनको पक्षमा रहेको बताएका थिए । वडानम्बर ४, ५, ७, ८, ९, १७ र २२ मा घरदैलो गरेका उम्मेदवारले भ्रष्टचार जोत्न हलोमा मतदान गर्नुपर्ने बताएका छन् ।

मेयरका उम्मेदवार खरालले यस पटक राप्रपालाई मतदात गरेर समृद्ध पोखरा बनाउने अभियान सहयोग गर्न आग्रह गरेका थिए ।
उपमेयकी उम्मेदवार सेनले सिप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने प्रतिवद्धता गरिन् ।

अचाकती कर बृद्धि गर्दा जनता मारमा परेको भन्दै राप्रपा उम्मेदवारले ५० प्रतिशत सम्म कर कटौती गर्ने बताएका छन् ।

शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकलाई पोत्साहन गर्न तलब बृद्धि र प्राविधिक शिक्षामा जोड दिने राप्रापाको प्रतिवद्धता छ ।

  • २१ बैशाख २०७९, बुधबार २०:०९ प्रकाशित