स्वास्थ्य मन्त्रालयले बोलायो बैठक : आइतबार ओपिडी खोल्ने/नखोल्ने बारे छलफल गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी जेठ १ देखि लागुहुने गरि हप्तामा दुई दिन छुट्टी हुने भएपछि स्वास्थ्य मन्त्रालयले बैठक बोलाएको छ।

मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको हो ।

बिहीबार(भोलि) दिउँसो १ बजे सार्वजनिक विदाका विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।

मन्त्रालयमा पेशागत संगठनका प्रतिनिधि र अस्पतालका निर्देशकहरू बोलाइएको छ र त्यही बैठकबाट निर्णय लिइने जनाइएको छ।

  • २१ बैशाख २०७९, बुधबार १६:३० प्रकाशित