काभ्रेमा मिनीबस र जिप ठोक्कियो : एक बालकसहित ५ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काभ्रे ।

काभ्रेमा बस र जिप दुर्घटना हुदाँ एक बालकसहित ५ जनाको ज्यान गएको छ । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृतकको पहिचान खुलि नसकेको प्रहरीले जनाएको छ ।

  • २१ बैशाख २०७९, बुधबार १४:५२ प्रकाशित