विप्लवले कारबाही गरेका नेताको चितवनमा भेला , नयाँ पार्टी घोषणा गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कारबाही गरेका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् ।

चुनावको विषयले विवाद बढेपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वले चितवनको पर्सामा आजदेखि राष्ट्रिय भेला सुरु गर्न लागेको हो ।

भेला दुई, तीन दिन चल्ने र एकताको आहृवान गर्दै नयाँ पार्टी घोषणा गर्ने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग पक्का भइसकेको थियो ।

राष्ट्रिय भेला नेकपाकै नामबाट हुने र त्यही भेलाबाट पार्टीको नयाँ नाम के हुने भन्नेबारे तय हुने लोहनीले जानकारी दिए ।

  • २१ बैशाख २०७९, बुधबार १०:५७ प्रकाशित