चुनावी वितण्डा : पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, ६ घाइते

केन्द्रभाग मिडिया

गैंडाकोट ।

निर्वाचन नजिकिदैँ जाँदा चुनावी वितण्डा मच्चिन थालेको छ । पछिल्लो समय दैनिकजसो कार्यकर्ताहरुबीचको झडप, कुटाकुटको समाचार आइरहेको छ ।

यसैबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।

झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

  • २१ बैशाख २०७९, बुधबार ०९:२० प्रकाशित