कैलाली ।
मन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ। डडेल्धुरामा निर्वाचन प्रचारप्रसारमा मन्त्रीले नै आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको भेटिएको हो ।
नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरिरहेका छन् ।
यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिएको हो ।प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा भारतीय नम्बरको गाडी प्रयोग गर्न नहुने बताए ।














