पोखरा ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पोखरा महानगरको नमुना मतपत्र सार्वजनिक गरेको छ । चैत्र ३० गते हुने स्थानिय तहका लागि मतदान गर्ने मतपत्रको नमुना मंगलबार सार्वजनिक भएको हो ।
मतपत्र नहुदाँ मतदाताले मतदान गर्ने विधि सिक्न पाएका थिएनन् ।निर्वाचन आयोगले डिजिटल माध्यमबाट मात्रै मतदाता शिक्षा दिने जनाएको छ ।
पोखरामा गठबन्धन भए पनि मत पत्रमा भने निर्वाचन आयोगमा दर्ता भएका सबै दल र स्वातन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह समावेस गरेको छ ।
पोखरामा गठबन्घनबाट मेयरमा नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएका छन् । मतपत्रमा उम्मेदवार नभए पनि सबै पदमा चुनाव चिन्ह भने समावेस भएको छ ।















