पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारी

केन्द्रभाग मिडिया

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि पनि बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाउने तयारी गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ छ । अब कम्तिमा एक सय ६५ रुपैयाँ हुने स्रोतको दाबी छ ।

  • १९ बैशाख २०७९, सोमबार १५:५४ प्रकाशित