प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

केन्द्रभाग मिडिया

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

  • १८ बैशाख २०७९, आईतवार १८:४८ प्रकाशित