अटेरी समूहका अशोक खड्का पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
अटेरी समूहका सदस्य अशोक खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार खड्कालाई पक्राउ गरेको हो ।

खड्काले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उच्छृङखल कृयाकलाप गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

निर्वाचन चिन्हका वारेमा अटेरी समूहले निर्वाचन अयोगको निर्णयविरुद्ध नारावाजी गरेका थिए ।

आयोगले अटेरी समुहलाई शनिबार बिहान दिएको चुनाव चिह्न लौरो दिउसो फिर्ता गरेको भन्दै समूहका सदस्यहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गदै प्रदर्शन गरेका थिए ।

  • १८ बैशाख २०७९, आईतवार १७:२१ प्रकाशित