निर्वाचित भएको पर्सिपल्टबाट जनताको काममा लाग्छु : केशव स्थापित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु निर्वाचित भएको पर्सिपल्टबाट जनताको काममा लाग्ने बताएका छन ।

आज मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन् । उनले आफु निर्वाचित भएपछि ६ महिनासम्म सगुन खाएर र मोवाइल अफ गरेर नबस्ने भन्दै निर्वाचित भएको पर्सिपल्टबाट जनताका काममा लाग्ने र भटाभट निर्णय गर्ने बताए ।

विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताएका छन् । ‘मसँग सयौं आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छन, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’उनले भने ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजना कार्यान्वयन भए लाखौंले रोजगारी पाउने र काठमाडौको मुहार फेरिने दावी गरे ।

उनले आफुले पानी बाहेककको उपहार नलिने पनि बताए । उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने समेत बताए । त्यसक्रममा उनले नागरिकले सप्रमाण भ्रष्टाचार गरेको भनेर आए ठाउँका ठाउँ कारवाही गर्ने पनि बताए । उनले १० वर्षमा दलितहरु नरहने समेत प्रतिज्ञा गरे ।

  • १८ बैशाख २०७९, आईतवार १३:४५ प्रकाशित