ईश्वर पोखरेलले भने, ‘हिम्मत भए प्रचण्ड र माधव नेपाल कांग्रेसमा जानुहोस’

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका वरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले हिम्मत भए नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेस प्रवेश गर्न चुनौति दिएका छन् । नभए राजनीतिबाट सन्यास लिन उनले नेपाल र प्रचण्डलाई सुझाव दिए ।

एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शनिबार यस्तो सुझाव दिएका हुन् ।

एमाले वरिष्ट उपाध्यक्ष पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा दोधारे प्रविृत्ति देखाएको टिप्पणी गरे । नेकपा माओवादी केन्द्रले आफ्नो घोषण पत्र सार्वजनिक नगरको भन्दै उनले ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्,’ उनले भने, ‘नेपाली राजनीतिमा ‘हिचडा’ प्रवृत्ति नेदेखाउनुहोस् । राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस् ।’

पोखरेलले ३० वैशाखमा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको पोखरेलले बताए । उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको उनकोे भनाई छ ।

  • १७ बैशाख २०७९, शनिबार १७:४५ प्रकाशित