फर्निसिङका ब्राण्डेड सामान उपलब्ध गराउँदै लक्जरी इन्टरप्राइजेज (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गुणस्तरीय सामान खोज्न धेरै पोखरेलीहरु काठमाडौ, भारत र चीन लगायतका विभिन्न ठाउँमा पुग्ने गरेका छन् । अब फर्निसिङका गुणस्तरीय  सामान खोज्न कै लागि काठमाडौं, भारतीय बजार या चिनियाँ बजार धाउन नपर्नेगरी पोखरामा लक्जरी इन्टरप्राइजेजले सेवा दिइरहेको छ ।

लामो समय देखि पर्यटन क्षेत्रमा लगानी गर्दै आएका व्यवसायी रामु गौतम र जीवन कंडेलले गुणस्तरीय सामान चाहिने ग्राहकले काठमाडौंं र अरु देशका विभिन्न सहरमा धाउन नपर्नेगरी होलसेल तथा खुद्रा सुपथ मुल्यमा पोखरा मै फर्निसिङ सेवा उपलब्ध गराउने गरी लक्जरी इन्टरप्राइजेज सञ्चालनमा ल्याएका हुन् । विगत चार वर्ष अगाडिदेखि काठमाडौंबाट पर्दाको होलसेल सुरु गरेका गौतम र कंडेलले पोखरामै गुणस्तरीय सेवा सुरु गर्ने उद्देश्यले पोखरामा लक्जरी इन्टरप्राइजेज सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पोखरामा अहिले सात सय भन्दा धेरै स्तरीय होटल छन् । अस्पतालहरु त्यही ढंगले बन्ने र बढ्ने क्रम छ । त्यसैगरी विभिन्न सरकारी, गैरसकारी कार्यालयका लागि त्यहि ढंगले गुणस्तरीय सामान खोज्ने क्रम रहेको र तिनै सामान आफूहरुले उपलब्ध गराएको लक्जरी इन्टरप्राइजेजका सञ्चालक रामु गौतमले जानकारी दिए ।

उनका अनुसार अहिले गण्डकी प्रदेशभर नै पोखराबाट सेवा दिइएको छ । ‘अहिले अधिकांसले गुणस्तरीय सामान खोज्नु हुन्छ । पोखरामा विभिन्न ठाउँ धाउँदा नपाएर राजधानी काठमाडौं र अरु विदेशका सहरहरुमा पनि पुगेर ल्याउने या मगाउने चलन छ । हामीले ति ग्राहकलाई धेरै लक्षित गरेका छौं र ति सहरको तुलना गराएरै गुणस्तरीय समान सुलभ मुल्यमा उपलब्ध गराएका छौं’ उनले भने ।

सञ्चालक गौतमले भारत र चीनबाट सिधै आयात गरिएको हुनाले ग्राहकले अन्यत्रभन्दा सुपथ मुल्यमा गुणस्तरीय सामान पाउने बताए । ‘हामी भारत र चीनबाट सिधै सामान आयात गछौं । बीचमा कसैलाई मार्जिन दिनु पर्दैन । त्यसकारण पनि हामी अरुले भन्दा सस्तोमा गुणस्तरी सामान दिन सक्छौं । आजको ग्राहक सबै कुरा तुलना गरेर हेर्नुहुन्छ । त्यो भनेको गुणस्तर र मुल्य दुबैमा हो । हामी गुणस्तरीय सामान तुलनात्मक रुपमा सुलभ मुल्यमा दिन्छौं । त्यसैले ग्राहक सन्तुष्ट हुनुहुन्छ । एक पटक सेवा लिनुभएको ग्राहक फर्कीफर्की आउने गर्नुभएको छ’ उनले भने ।

फर्निसिङका पाँच सय भन्दा धेरै आइटम आफूहरुकोमा पाइने भन्दै उनले अगामि दिनमा फर्निसिङ सामानको उद्योग नै स्थापना गर्ने लक्ष्य आफूहरुले राखेको जानकारी दिए । अहिले लक्जरी इन्टरप्राइजेजबाट प्रत्यक्ष रुपमा १५ जना भन्दा धेरैले रोजगारी पाइरहेका छन् ।

  • १६ बैशाख २०७९, शुक्रबार १९:४७ प्रकाशित