उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की र प्रलोभन नदेखाउनु : निर्वाचन आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

अगामी निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये फिर्ता गराउन चाहानेले आज साँझसम्म उम्मेदवारी फिर्ता गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ । देशभरका वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् ।

यसैबीच आयोगले उम्मेदवारी दर्ता गराएकाहरुलाई फिर्ता गराउन दबाब नदिन राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उम्मेदवारी दर्ताको क्रममा मनोनयन गराएका कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन आग्रह गरेको हो ।

‘२०७९ वैशाख १६ उम्मेदवारको नाम फिर्ता लिने सम्बन्धमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जान्छ ।’सूचनामा भनिएको छ,

ुनिर्वाचनलाई प्रभाव पार्ने गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्‍याउने भएकाले यस्ता हर्कत नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ,ु आयोगले प्रकाशित गरेको सूचनामा भनिएको छ।

  • १६ बैशाख २०७९, शुक्रबार १४:५० प्रकाशित