नेकपा एस र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ । आज एकीकृत समाजवादीको कार्यालयमा दिउँसो १ बजे पार्टी एकीकरण कार्यक्रम हुन लागेको हो ।

पार्टी एकता कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने बताइएको छ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न स–साना पार्टीहरू ठूला पार्टीहरूमा समाहित हुन थालेका छन् ।

  • १६ बैशाख २०७९, शुक्रबार ११:०३ प्रकाशित