अल्मुताईरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् ।

नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना खेलाडी राति नै होस्टेल छोडेर गएका थिए । त्यसपछि खेलाडीहरू बन्द प्रशिक्षणमा नआउँदा प्रशिक्षक अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गरेका खेलाडीलाई समर्थन गरेका छन् । कप्तान किरणले सामाजिक संजाल फेसबुकबाट खेलाडीलाई समर्थन गरेका छन् ।

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले बिद्रोह गर्दै बन्द प्रशिक्षण छाडेका छाडेपछि फुटवल प्रशिक्षण प्रभावित भएको छ ।

  • १५ बैशाख २०७९, बिहीबार १३:०० प्रकाशित