काठमाडौं ।
भारतमा कोरोनाभाइरस संक्रमण तीव्र बन्न थालेको छ ।
भारतको स्वास्थ्य मन्त्रालय दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित थपिएका छन् ।यतिबेला कोरोनाका २ हजार ५६३ बिरामी निको पनि भएका छन् र ३९ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको आँकडा ५ लाख २३ हजार ६९३ पुगेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,९८० पुगेको छ ।