काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने आन्तरिक उडानको समयावधि बढाएको छ । बढ्दो हवाई चाप व्यवस्थापन गर्न आजदेखि आन्तरिक उडान १८ घण्टा पुर्याएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आजदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिएका छन् ।
प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।