स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा युवकको हत्या !

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सप्तरीमा एक युवकको हत्या भएको छ ।

स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका ४ का स्थानीय २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै सन्तलालमाथि आक्रमण भएको थियो ।

सन्तलाललाई रडले टाउकोमा प्रहार गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो ।

यसअघि डिजे बाजाको विषयमा विवाद हुदाँ सन्तलालमाथि आक्रमण भएको र सोही आक्रमणबाट ज्यान गएको बताइएको थियो । तर उनीमाथि स्वतन्त्र उम्मेदवार खडा गरेकैनिहुँमा आक्रमण भएको बताइएको छ । दुई वर्षअघि बिहे गरेका सन्तलालको एक वर्षकी छोरी, श्रीमती र आमाबुबा छन् ।

  • १५ बैशाख २०७९, बिहीबार ०९:२४ प्रकाशित