काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रमा लजिक समावेश भएको बताएका छन् ।
थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुको घोषणापत्रमा गरेको टिप्पणीको जवाफ दिदैँ कांग्रेसको घोषणापत्रमा म्याजिक नभई लजिक भएको दाबी गरे ।
महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई तर्क (लजिक)मन नपर्ने र जादु (म्याजिक) मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए ।उनले भने,‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन ।’
ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए ।
थापाले भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’














