अब हप्तामा दुई दिन बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुनेछ ।  सो निर्णय आगामी जेठ १ देखि लागू हुने सरकारले जनाएको छ।

हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय बढ्ने भएको छ ।सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

  • १४ बैशाख २०७९, बुधबार १४:४६ प्रकाशित