काठमाडौं ।
आगामी स्थानीय तह निर्वाचनमा चर्चामा रहेको भरतपुर महानगरपालिकामा वागी उम्मेदवारी परेपछि गृहमन्त्री बालकृष्ण खाँण आज चितवन जाने भएका छन् ।
वागी उम्मेदवारलाई फकाई उम्मेदवारी फिर्ता गराउनको लागि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनी भरतपुर महानगरपालिका जान लागेका हुन् । त्यहाँ कांग्रेस नेता कार्यकर्ताले गठबन्धनभित्र भएको भागबन्डामा असन्तुष्टि जनाउँदै वागी उम्मेदवारी दिएका छन् ।
भरतपुरमा गठबन्धनको निर्णयविपरित असन्तुष्ट कार्यकर्ताको तर्फबाट नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । खाँणले उनलाई सम्झाई बुझाई उम्मेदवारी फिर्ताको लागि प्रयास गर्ने भएका छन् ।
भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् ।
गठबन्धनका लागि भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।














