देशभरका बागी उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ गठबन्धनका पाँच दलबीच गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।देशका ६ महानगर र ११ उपमहानगरमा नै वागी उम्मेदवारी परेको छ ।

आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।पाँच दलका शीर्ष नेताहरू सहभागी बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ ।

वागी उम्मेदवारी फिर्ता लिन नमान्ने उम्मेदवारलाई पार्टीले कारबाही गर्ने भएको छ।

  • १४ बैशाख २०७९, बुधबार १३:३४ प्रकाशित