डेढ लाख बढीको उम्मेदवारी दर्ता : विवरण आउने क्रम जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या डेढ लाख भन्दा बढी रहेको छ ।

केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् ।

मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबै भन्दा बढी नेकपा एमालेबाट उम्मेदवारी परेको छ ।

  • १४ बैशाख २०७९, बुधबार १०:११ प्रकाशित