यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

व्यापार घाटा निरन्तर घट्न थालेपछि सरकारले सामान आयातमा हस्तक्षेपकारी निति लिएको छ ।

बाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही बस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको हो। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई १० प्रकारका सामानहरु आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

आयातमा रोक लगाइएका सामान 

१ .कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३.चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७.जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

सुनचाँदी जस्ता बस्तुको आयातलाई भने रोकिएको छैन।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

कुनैसमय १५ खर्ब ६ अर्ब रुपैयाँ पुगेको बिदेशी मुद्राको सञ्चिति चालु बर्षको पहिलो महिनाबाट निरन्तर घटेर गत फागुन मसान्तमा ११ खर्ब ७१ अर्बमा झरेपछि सरकारले हस्तक्षेपकारी नीति लिएको हो। अहिले शोधनान्तर घाटा २५८ अर्ब ६४ करोड पुगेको छ भने चालु खाता घाटा ४६२ खर्ब ९३ करोड पुगेको छ।

  • १४ बैशाख २०७९, बुधबार ०९:३१ प्रकाशित