उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन आज र भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा हिजो (मंगलबार) उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

  • १४ बैशाख २०७९, बुधबार ०८:३९ प्रकाशित