विश्वकै ज्येष्ठ नागरिक काने ताकानाको १ सय १९ वर्षको उमेरमा निधन

केन्द्रभाग मिडिया

एजेन्सी ।

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको एक सय १९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरूले हिजो(सोमवार) दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको एक सय १९ वर्षको उमेरमा निधन भएको हो ।

उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रूपमा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्।

उनी जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुसीको क्षण भएको बताएकी थिइन् ।

  • १३ बैशाख २०७९, मंगलवार ०९:३५ प्रकाशित