पोखरा ।
डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा उपाध्यक्ष एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् ।
काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा वाङ्जु गुरूङ समाजवादीका उम्मेदवार निर्विरोध भएका छन्।
गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष पनि समाजवादीकै निर्विरोध भएका छन् ।














