पोखरा-२८ मा कांग्रेसको तर्फबाट वडाध्यक्षमा श्रीकृष्ण लामिछानेको उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगर–२८ को अध्यक्षका लागि श्रीकृष्ण लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । लामिछाने कांग्रेस गण्डकी प्रदेश सदस्य हुन् ।

त्यस्तै खुल्ला सदस्यमा सूर्य भण्डारी, कमल थापा, महिला सदस्य डाल्ला भुजेल र दलित महिला सदस्यमा इन्द्रा कामी रहेको कांग्रेस पोखरा–२८ का सचिव जिवन तिवारीले जानकारी दिए ।

  • १२ बैशाख २०७९, सोमबार १९:२३ प्रकाशित