भरतपुरको मेयर र उपमेयरमा गठबन्धनबाट रेनु र चित्रसेनको मनोनयन दर्ता

केन्द्रभाग मिडिया

चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

  • १२ बैशाख २०७९, सोमबार १६:३१ प्रकाशित