पोखराको मेयरमा कांग्रेसबाट फेरि अर्को वागी उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको मेयरमा कांग्रेसबाट फेरि अर्को वागी उम्मेदवारी परेको छ।

कांग्रेसका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले आज वागी उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका मतदातालाई अन्य पार्टीमा भोट हाल्न बाध्य पारेको भन्दै विरोधस्वरुप आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘कांग्रेसले आफ्नो मुल्यमान्यता सिद्धान्त विपरीत अन्य दलमा कांग्रेस कार्यकर्तालाई भोट दिन बाध्य पारियो, यसैको विरोध स्वरुप मेरो उम्मेदवारी हो,’ ।

सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि ०६४ सालसम्म कोषाध्यक्ष थिए ।यसअघि हिजो(आइतबार)मात्र कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए।

  • १२ बैशाख २०७९, सोमबार १५:०२ प्रकाशित