एमालेबाट पोखराको मेयरमा थापा र उपयमेयरमा गुरुङको मनोनयन दर्ता

केन्द्रभाग मिडिया

नेकपा एमालेका तर्फबाट पोखरा महानगरको मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गरेका छन् ।

मनोनयनको दोस्रो अर्थात अन्तिम दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा तामझामको साथ पुगी उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि नेकपा एमालेले मेयरमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेलले सिक्री चोरेको भिडियो सामाजिक सञ्जालमा आएपछि पार्टीभित्रै आलोचना र विवाद बढेपश्चात उनलाई हटाइएको हो ।

यस्तै उपमेयर पदकी उम्मेदवार मञ्जुदेवीले भने यसअघि आफुसँग सल्लाह नै नगरी उम्मेदवार बनाएको भन्दै हिजो अस्वीकार जनाएकी थिइन् ।

  • १२ बैशाख २०७९, सोमबार १४:४८ प्रकाशित