काठमाडौंको मेयरमा काँग्रेसबाट सिर्जना सिंहलाई टिकट

केन्द्रभाग मिडिया

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कांग्रेसले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने निर्णय गरेको हो । सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी सिर्जना का‌ंग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् ।

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने तयारी छ ।

  • १२ बैशाख २०७९, सोमबार ११:१३ प्रकाशित